अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा सिन्धुपाल्चोककाे टिमले पायो ६ स्वर्णसहित १० पदक

अनलाइन दर्पण 2020-01-06
img

चौतारा, २१ पुस । भारतको आसन्सोल सहरमा भएको प्रथम अन्तराष्ट्रिय  खुल्ला तेक्वान्दो प्रतियोगिता र इन्डो नेपाल् अन्तर्रा्ष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोक तेक्वान्दो टिम उत्कृष्ट नतिजा सहित नेपाल फिर्ता आइपुगेको छ ।

प्रतियोगितामा टिम सिन्धुपाल्चोकले ६ स्वर्णसहित १० वटा पदक जित्न सफल भएको छ । जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीका अनुसार प्रशान्त भण्डारीले एक स्वर्ण र एक काँस्य, मञ्जु खड्काले २ स्वर्ण, सुजता पराजुलीले २ स्वर्ण, अञ्जु खड्काले एक स्वर्ण र एक रजत अभिशेख बस्नेतले दुई रजत प्राप्त गरेका छन् ।

अध्यक्ष भण्डारी प्रतियोगिताको उत्कृष्ट कोचको अबार्डबाट सम्मानित समेत हुन सफल भए । भुटान , बङलादेस, नेपाल् र भारत का गरि ४० टिम को सहभागितामा ६०० जना भन्दा बढी खेलाडी हरुले भाग लिएका थिए

सम्बन्धित समाचार

Advertisement