अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

अनलाइन दर्पण 2018-06-12
img

काठमाडौं, ३० जेठ । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको ९ सय मेगावाट क्षमता भएकाे अरुण जलविद्युत आयोजनाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो ।

कार्यालयभन्दा टाढै बनमाराको झाडीमा बिस्फोट भएकाले कुनै क्षति भएको छैन ।

मंगलबार राति पाउने १ बजे तीन वटा सकेट बम विस्फोट भएको संखुवासभाका प्रहरी प्रमुख डीएपी श्याम सारु मगरले जानकरी दिए। विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ। विस्फोटको जिम्मा कसैले लिएको छैन।

विस्फोटपछि त्यस क्षेत्रको सुरक्षाा कडा पारिएको छ। स्थानीय होटलहरुमा छापा मारिएको प्रहरीले जनाएको छ। यस परियोजना क्षेत्रमा पटक पटक विस्फोट हुँदै आएको छ। यसअघि बैशाख १८ मा पनि विस्फोट गराइएको थियो। उक्त घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लवले जिम्मा लिएको थियो।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो । गत वैशाख २८ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा काठमाडौंबाट स्वीच दबाएर अरुण तेस्रोको शिलान्यास गरेका थिए । 

सम्बन्धित समाचार

Advertisement