लागूऔषध गाँजा सहित पक्राउ

अनलाइन दर्पण 2018-04-24
img

धादिङ,११ बैशाख । थार्के गाउँपालिका–६ रानीवारी बस्ने ७० बर्षीय धर्म बहादुर कार्कीलाई प्रहरीले लागूऔषध गाँजा साढे ३ के.जी. सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले कार्कीलाई मंगलबार धुनिवेशी नगरपालिका–६ धार्के बजारबाट उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

Advertisement