काठमाडौं, २२ पुस । झापा कमल गाउँपालिका-१ का मृगौला पीडित श्यामबहादुर मगरलाई नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले उपचारका लागि आर्थिक संकलन गरी हस्तान्तरण गरेका छन्। अध्यक्ष तामाङले मगरलाई उपचार सहयोग स्वरुप १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।
२४ वर्षीय मगरका दुवै मिर्गौलाले काम गर्न छाडेपछि हाल उनी शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ। आर्थिक अभावका उपचारमा कठिनाइ आएपछि उनले सहयोगको याचना गरेका थिए ।
मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि पीडित मगरलाई सहयोग गर्न क्रान्तिकारीका अध्यक्ष तामाङले फेसबुकमार्फत सार्वजनिक अपिल गरेका थिए । संकलित सहयोग रकम तामांगले आज पीडित मगरलाई हस्तान्तरण गरेका हुन् ।
आर्थिक सहयोग जुटेपछि उपचार पाइ रोग निको हुनेमा श्यामबहादुर आशावादी देखिएका छन् ।