तेह्र किलो गाँजासहित एक महिला पक्राउ

अनलाइन दर्पण 2018-01-05
img

भक्तपुर,२१ पुस । चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाटर पक्राउ गरेको हो । 

तामाङले आफ्नै घरकोठामा गाँजा सञ्चित गरी बिक्री वितरण गर्दै आइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा अवैध गाँजासहित उनलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी लागुऔषध ओसारपसार ऐनअन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको प्रनाउ प्रसाईंले बताए । 

सम्बन्धित समाचार

Advertisement