गाउँपालिका अध्यक्षले फलाए एक रोपनीमा ८ क्वीन्टल कालोधान

अनलाइन दर्पण 2017-12-23
img

अछाम । रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले रोपेको कालो धानको उत्पादन निकै राम्रो भएको छ । यो वर्ष आफ्नो एक रोपनी खेतमा रोपेको कालो धानको उत्पादन आठ क्विन्टल भएको उनले बताए ।

यो वर्ष परीक्षणका लागि एक रोपनीमा कालो धान रोपेको भन्दै साउदले अब कालो धानको खेतीलाई थप बिस्तार गरिने बताए । यसलाई व्यावसायिक रूपमै अगाडि बढाउनका लागि अब १४ रोपनीमा कालो धान लगाउने सोच बनाएको उनको भनाइ छ ।

खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिना पानीले समेत कुनै असर नगर्ने र पाकिसकेपछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिने साउदको भनाइ छ ।

कृषकलाई कालो धानको बीउ वितरण गरी यो गाउँपालिकामा व्यावसायिक रूपमा यसको उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । यसको भात खाएमा चिनी रोग र उच्च रक्तचापसमेत निर्मूल हुने स्वास्थ्यकर्मीले बताएका छन् ।-अनलाइनखबर

सम्बन्धित समाचार

Advertisement