काठमाडौं, २९ कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको समर्थनमा आज काठमाडौँमा जुलुस निक्लिएको छ ।
कार्कीे विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेका बेला यता भने कार्कीको समर्थनमा जुलुसनै निक्लेको छ ।
अधिवक्ता बालकृष्ण न्यौपानेको अगुवाईमा माइतीघरबाट सुरु भएको जुलुसमा सहभागीहरुले ‘भ्रष्टाचार विरुद्धको आन्दोलन सफल पारौं’ लेखिएको ब्यानर र ‘लोकमान जनता तिम्रो साथमा छन् भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।