लमजुङ,२५ कार्तिक । जिल्ला कृषि विकास कार्यालय लमजुङले जिल्लाका तीन जना व्यवसायिक कृषकहरुलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ ।
लमजुङ चिती–१ का सुन्तला उत्पादक कृषक योगेन्द्र भण्डारी, करापुटार नगरपालिका–७ का व्यवसायिक तरकारी उत्पादक कृषक चन्द्रबहादुर रानाभाट र बेँसीसहर–५ बोहोराबेँसीका दिपेन्द्र बोहोरालाई राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो । उनीहरुले प्रमाणपत्रको साथमा जनही नगद १० हजार रुपैयाँ पाएका छन् ।
विभिन्न कृषि पेसामा संलग्न भई जिल्लाको कृषि उत्पादनमा विशेष योगदान पु-याएको भन्दै उनीहरुलाई राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख एवम् बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए ।