ट्याक्सीभित्र शव भेटियो

अनलाइन दर्पण 2017-11-07

भक्तपुर, २२ कात्तिक। मनोहरा खोलानजिक रोकिराखेको बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ । दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा रातो ज्याकेट लगाएका एक व्यक्ति मृत फेला परेका हुन् ।

टाउकोमा ढुंगाले हानेको जस्तो घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ ।  घटनाबारे अनुसन्धान गर्न भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्य नेतृत्वको टोली अहिले घटनास्थल पुगेको छ ।

सम्बन्धित समाचार

Advertisement