नोवल स्कुलमा विद्यार्थीका लागि ५ दिने योग विज्ञान शिविर

अनलाइन दर्पण 2017-11-05
img

श्रीकृष्ण बुढाथोकी-भक्तपुर।  सूर्यविनायक–३, बालकोटस्थित नोवल स्कुलमा ५ दिने योग विज्ञान शिविर सम्पन्न भएकाे छ । नोवल आरोग्य योग केन्द्रको आयोजना र नोवल स्कुलको व्यवस्थापनमा उक्त स्कुलका विद्यार्थीहरुका लागि आयोजना भएको ५ दिने योग विज्ञान शिविर  कार्तिक १५ गते जिल्ला शिक्षा अधिकारी अर्जुन बहादुर रायमाझीले  उद्घाटन गर्नुभएको थियो ।

विद्यार्थीमा योगको माध्यमबाट स्मरण शक्तिको विकास, खानपान र त्यसको प्रभाव र त्यसमा अपनाउनु पर्ने सावधान एंव योगको नियमितताले पार्ने सकारात्मक प्रभावलाई मध्यनजर राखि सञ्चालन भएको यो शिविर विद्यालय क्षेत्रमा भक्तपुर जिल्लाको नै पहिलो योग शिविर रहेको छ ।

योग विज्ञान शिविरको प्रत्येक दिनको प्रशिक्षण क्रमशः बागमती अञ्चलका अञ्चल प्रभारी बाल मुकन्द सुवाल, पतंजली योग समिति, नेपालका सदस्य लोकनाथ खनाल, पतंजली योग समिति, भक्तपुरका युवा प्रभारी विकास बज्रचार्य, प्रशिक्षक रीता कार्की र पतंजली योग समिति भक्तपुरका अध्यक्ष कृष्ण राम गणेशबाट प्रशिक्षण भएको थियो ।

शिविरको समापनका प्रमुख अतिथि धु्रव बहादुर ठकुरीले योगको महत्वको बारेमा मन्तव्य दिनु भएको थियो भने नोवल स्कुलको तर्फबाट प्रिन्सिपल कुमार कटेलले विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासको लागि विद्यालयले विद्यार्थीहरुलाई योगको माध्यमबाट पनि शिक्षा दिने बताउनुको साथै योग विज्ञान शिविर सम्पन्न पार्न विशेष भूमिका खेल्नु हुने सूर्यविनायक नगर पतंजली योग समितिका संयोजक रत्नलाल श्रेष्ठ र सम्पूर्ण प्रमुख अतिथि, अतिथिहरु विभिन्न योग केन्द्रका योग प्रमुख एंव प्रशिक्षकहरु, शिक्षक, शिक्षिकाहरु, कर्मचारीहरु विद्यार्थीहरु एंव सुचिन्तकलाई धन्यवाद दिनु भएको थियो ।

समापन कार्यक्रमका सभापति एंव नोवल आरोग्य केन्द्रका संयोजक प्रेम खत्रीले ५ दिने योग विज्ञान शिविरको समापन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Advertisement