अलैँचीको मूल्य नपाएपछि किसान निराश

अनलाइन दर्पण 2017-09-25
img

धनकुटा ।अलैँंचीकाे मूल्य घटेपछि धनकुटाका कृषक यतीबेला  चिन्तित बनेका छन् । अलैँंचीकाे बिक्रीबाट  गत वर्ष रु २० लाख सम्म आम्दानी गरेका महालक्ष्मी नगरपालिका–४ का कृषकहरू यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश भएका हुन् । 

विगतका वर्षमा प्रतिमन  एक लाख २० हजारसम्ममा बिक्री भएको अलैँची याे बर्ष प्रतिमन रु ३० हजारमा बिक्री भइरहेको छ ।  मनग्य आम्दानी हुने देखेर अन्य खेती छोडेर अलैँंची उत्पादनमा लागेका महालक्ष्मी नगरका कृषकहरू मूल्यमा कमी आएपछि निराश बनेका छन् ।

महालक्ष्मी नगरपालिकाका लेकाली क्षेत्रका जंगलमा पर्याप्तरुपमा अलैँचीखेती गरिँदै आएको छ । अहिले घरको करेसाबारीदेखि रसिला पाखा, खोल्सा अलैंँचीले ढाकेको छ । अलैँचीको उत्पादन पर्याप्त भएपनि किसानले उचित मूल्य  पाउन नसकेपछि  जिल्लाका ३०० भन्दा बढी किसानले उत्पादन गरेको अलैंँची अहिले किसानकाे घरमै थन्किएको छ । 

कालो सुनको रुपमा रहेको आम्दानीको मुख्य स्रोत मानिएको अलैँचीको गत वर्ष जिल्लामा रु ३० करोडभन्दा बढीको कारोबार भएको थियो । जिल्लाको २३० हेक्टर जमिनमा लगाइएको अलैँची खेतीबाट १३४ मेक्ट्रिक टनभन्दा बढी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । 

सम्बन्धित समाचार

Advertisement