देउसी भैलोको पैसा सामाजिक कार्यमा

अनलाइन दर्पण 2016-11-04
img

मकवानपुरको ग्रामिण क्षेत्रमा तिहारको अवसरमा संचालन गरिएको साँस्कृतिक कार्यक्रमबाट जम्मा भएको पैसा सामाजिक काममा खर्चिएको छ । जिल्लाको गोगने गाविसमा रहेको गोगने स्मार्ट युथ क्लबले साँस्कृतिक कार्यक्रम र  चिठ्ठा कार्यक्रमबाट ६५ हजार संकलन गरेको क्लबका अध्यक्ष रुपक कालिराजले जानकारी दिए ।

क्लबले संकलन गरेको रकमबाट गोगनेका भूकम्पपीडित चार बालबालिकालाई पूर्ण छात्रवृत्ति सहित शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष कालिराजले बताए । छात्रवृत्तिबाट बचेको रकमले सामाजिक कार्य संचालन गरिने उनले बताए । 

यसैबीच थाहा नगरपालिका वडा नम्बर ७ मा रहेको गोरखनाथ मन्दिर संरक्षण समितिका पदाअधिकारीहरुले देउसी खेलेर १८ हजार पाँचसय रुपियाँ संकलन गरेको अध्यक्ष गणेश विष्टले जानकारी दिए । संकलन भएको रकमबाट डाँडागाउँ स्थित गोरखनाथ मन्दिर परिसरको बाँकी कामका लागि र स्थानीय  मोटर बाटोका लागि खर्च गरिने अध्यक्ष विष्टले जानकारी दिए । 

सम्बन्धित समाचार

Advertisement