सरकारी तथ्याङ्क भन्छः नेपालमा १ लाख युवा मात्रै बेरोजगार

अनलाइन दर्पण 2017-09-16
img

काठमाडौं । नेपालमा १ लाख ९ हजार जना युवा बेरोजगार भएको तथ्याङक सार्वजनिकभएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको श्रम विभागले १४ अन्चलमा स्थापना गरेको रोजगार सूचना केन्द्रले उपलब्ध गराएको विवरणका आधारमा १ लाख ९ हजार ८ जना युवा बेरोजगार रहेको तथ्याङक सार्बजनिक गरिएको हो । 

सूचना केन्द्रले उपलब्ध गराएको विवरणका आधारमा तथ्याङक 

रोजगार सुचना केन्द्र आव ०७३/७४ अघिल्ला बर्ष कुल बेरोजगार
झापा २८१ ४३५५ ४६३६
विराटनगर २०४४ ३८२९ ५८७३
जनकपुर ८५७ ७८०६ ८६६३
हेटौडा ५८३ ६८५१ ७४३४
काठमाण्डौ १९९४ ४९२७ ६९२१
पोखरा ८३७ ५४७५ ६३१२
बुटवल ३७४७ ७४२९ १११७६
नेपालगंज १८९२ ५७९४ ७६८६
धनगढी १६२१ १०६६६ १२२८७
जुम्ला ५५४ ५५७४ ६१२८
महेन्द्रनगर १०२४ ७५६३ ८५८७
पर्वत ८४८ ४४३५ ५२८३
 दाङ १०९६ १२३१५ १३४११
उदयपुर ७६८ ३८४३ ४६११

 

अहिले झन्डै ४० लाख युवा बैदेशिक रोजगारीमा रहेको अनुमान गरिएको छ । दैनिक १५ जना नेपाली युवा रोजगारीको लागि दैनिक विदेश जाने गरेको तथ्यांक श्रम मन्त्रालय अन्तरगतकै बैदेशिक रोजगार विभागले सार्बजनिक गरिरहेको समयमा सो मन्त्रालय अन्तरगको अर्काे विभाग श्रमले भने जम्मा १ लाख युवा मात्रै बेरोजगार रहेको हास्यास्पद तथ्यांक सार्बजनिक गरेको हो ।

विभागको तथ्याङक अनुसार देशमा सबैभन्दा बढी बेरोजगार युवा सेती अञ्चलमा र सबैभन्दा कम सगरमाथा अन्चलका छन् । सेती अञ्चलमा १३ हजार १ सय ४१ र सगरमाथा अञ्चलमा ४ हजार ६ सय ३६ जना युवा बेरोजगार छन् ।

सम्बन्धित समाचार

Advertisement