दशैंमा यात्रुबाहक बसमा यात्रा गर्ने यात्रुले २० किलोभन्दा बढी तौलको वस्तु बोक्न नपाउने

अनलाइन दर्पण 2017-09-01

काठमाडौं, १७ भदाै । नेपाल यातायात व्यवस्था विभागले दशैंका लागि राजधानी बाहिर जाने जनताकाका लागि भदौ २२ देखि टिकेट बुकिङ खुल्ला गर्ने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदौदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन् ।

दशैंमा यात्रुबाहक बसमा यात्रा गर्ने यात्रुले २० किलोभन्दा बढी तौलको वस्तु बोक्न नपाउने भएको छन् । यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले शुक्रवार यस्तो निर्णय गरेको हो । विभागका अनुसार २० किलोसम्म तौलको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन । २० किलोभन्दा बढी तौलको वस्तु लैजानुपरे कुरियर वा मालवाहक सवारी वा अन्य व्यवस्थाबाट व्यवस्था गर्न विभागले सचेत गरेको छ ।

त्यस्तै, मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्न लागिएको हो । यात्रुको सहजताको लागि उपत्यकाको १२ स्थानमा हेल्प डेक्स राखिने भएको छ ।

सम्बन्धित समाचार

Advertisement