कार्कीको बिरुद्ध समाचार लेखेको भन्दै सम्पादकलाई ज्यान मार्ने धम्की

अनलाइन दर्पण 2016-10-24
img

काठमाडौं, ९  कार्तिक।   निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयमा समाचार लेखेको भन्दै राजधानी दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश बस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई नचिनेका व्यक्तिले फोनबाट धम्की दिइएको जानकारी प्राप्त  भएको भन्दै  नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

राजधानी दैनिकमा आइतबार फोन गरी सम्पादक शर्मा, प्रेस चौतारी नेपालका अध्यक्षसमेत रहेका समाचार सम्पादक बस्नेत र बरिष्ठ समाचारदाता कार्कीलाई जीउ ज्यानसम्बन्धी धम्की दिएको महासंघले जनाएको छ।

महासंघले घटनाको भत्र्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा लिई कारबाही अघि बढाउन तथा पत्रकार र सञ्चारमाध्यमलाई निर्भयपूर्वक काम गर्ने वातावरण बनाउन सकारसँग माग गरेको छ।

सम्बन्धित समाचार

Advertisement