दुधको मुल्य बढ्यो

अनलाइन दर्पण 2017-08-17
img

काठमाडौं, १ भदौ ।  दुग्ध विकास संस्थानले दूध र दुग्ध पदार्थको मुल्य बढाएको छ । दुधको मुल्य प्रतिलिटर ६ रुपैयाँ बढेको संस्थानले जनाएको छ । बढेको मूल्यको चार रुपैयाँ १६ पैसा किसानले दूध बिक्री गर्दा पाउने बताईएको छ ।

संस्थानले मूल्य बढाएसँगै अब उपभोक्ताले भने दुधको मुल्य प्रतिलिटर ७० रुपैयाँ तिर्नुपर्नेछ । संस्थानले तीन वर्षपछि दूधको मूल्य समायोजन गरेको हो । मुल्य बढेसँगै अब एक लिटर दूधको ४५ रुपैयाँ पाइरहेका किसानले ५१ रुपैयाँ पाउनेछन् ।

घिउ र पनिरको मूल्य प्रतिकिलो एक सय रुपैयाँ बढेको छ । घिउको मूल्य प्रतिकिलो आठ सय रुपैयाँ थियो । मिठाइको मूल्य १२ देखि १५ प्रतिशत बढेको छ ।

सम्बन्धित समाचार

Advertisement