होटलमा ग्यास लिक हुदा आगोलागी

अनलाइन दर्पण 2017-08-15
img

बनेपा, ३१ साउन । काभ्रेको बनेपा  तिनदोबाटो स्थित करुणा मार्गमा एक होटेलमा आगलागी हुँदा ६ वटा पसलमा क्षति पुगेको छ । मंगलबार विहान १० बजे ईन्द्रीणी मःम होटलबाट  शुरु भएको अगलागीले अन्य पाँच होटल तथा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाका इञ्चार्ज अनिल घिमिरेका अनुसार आगलागीबाट न्यू फ्रेडसिप टेलरिङ्ग सेन्टर, भीमेश्वर सर्टिङ्ग सुटिङ सेन्टर र एउटा कस्मेटिक पसल लगायत अन्य ३ वटा होटलमा सामान्य क्षति पुगेको छ ।

आगो नियन्त्रणका लागि बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाको मिनि दमकल र भक्तपुरबाट जुद्धवारुण यन्त्र झिकाएर झिकाइएको थियो । प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण गरिएको थियो ।

 

 

सम्बन्धित समाचार

Advertisement