सामुदायिक वन राष्ट्रिय दिवस मनाइदै

अनलाइन दर्पण 2017-08-09
img

सरकारले यसबर्ष ‘सङ्घीयतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान’ भन्ने मुख्य नारा सहित सामुदायिक वन राष्ट्रिय दिवस मनाउने भएको छ । मङ्गलवारदेखि ३ दिन मनाइने यो दिवसमा वनसंग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिने वन विभागले जनाएको छ ।

मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले दिवसको अवसरमा सामुदायिक वन ललितपुरका अभियन्ता कृष्ण बहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका स्व। लक्ष्मण दोङलाई मरणोपरान्त सम्मान गर्ने जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्यले मुलुकमा हुन गइरहेको सङ्घीय संरचनामा स्थानीय समुदायको पहिचान अधिकार तथा भूमिका कायम गर्ने गरी सामुदायिक वन प्रक्रियालाई संस्थागत गर्नुपर्ने बताए ।

नेपालमा १८ लाख १३ हजार ४ सय ७८ हेक्टर क्षेत्रफलमा १९ हजार ३ सय ६१ सामुदायिक वन रहेको छ । सामुदायिक वनबाट २४ लाख ६१ हजार ५ सय ४९ मानिसहरू लाभान्वित भएको तथ्याङ्क रहेको छ ।

नेपालमा सामुदयिक वन सिन्धुपाल्चोक जिल्लाको तत्कालीन ठोकर्पा पञ्चायत (हाल सुनकोशी गाँउपालिका १ र २ ठोकर्पा र ३ कालिका) मा वन संरक्षण, सम्वर्धन र विकास सहित व्यवस्थापनकोलागि वि।सं। २०३० मा स्थानीय पंचायतलाई २ वर्ष परीक्षणको रूपमा र त्यहीँबाट स्थानीय समुदायको सहभागितामा वन संरक्षण तथा व्यवस्थापन सुरु भएको पाइन्छ ।

 

सम्बन्धित समाचार

Advertisement