काठमान्डाै, जेष्ठ २४ । पुर्व प्रधानमन्त्री तथा नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले हिजाे भएकाे प्रधानमन्त्री निर्वाचनकाे क्रममा शेरबहादुर देउवालार्इ प्रधानमन्त्रीकाे समर्थन गर्दै एमालेका तीनैजना नेतालार्इ मैले प्रधानमन्त्री बनाएकाे दावी गर्नुभएकाे छ ।
एमालेकाे तिनै नेताहरु माधव नेपाल, झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाउन आफू प्रस्तावक बने पनि एमालेबाट त्यस्तो अवसर नपाएको भन्दै दाहालले गुनासो पोख्नुभयो ।
यसै प्रसँगमा बाेल्दै ‘कांग्रेसले गुन लगायो, मैले तिरेँ’, दाहालले भन्नुभयो ।
दाहालले भने 'प्रधानमन्त्रीले प्रधानमन्त्रीकै लागि प्रस्ताव तथा समर्थन गरिरहेकाे छु, सम्भवतः याे विश्व राजनीतिकै दुर्लव घटना हाेला' यसाे भन्दै गर्दा संसद भवन तालिले गुंञ्जयमान भएकाे थियाे ।