पहिलो सागरमाथा आरोही महिला जुनको तावेईको निधन

अनलाइन दर्पण 2016-10-22
img

काठमाडौं, ६ कात्तिक। पहिलो महिला सागरमाथा आरोही जुनको तावेईको निधन भएको छ । ७७ वर्षको उमेरमा  जापानमा उनको निधन भएको हो ।

जापानको सरकारी सञ्चार माध्यम एनएचकेका अनुसार साइटामा क्यान्सर सेन्टरमा उपचारको क्रममा निधन भएको हो । उनलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो ।

जापानको फुकुसिमामा जन्मिएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । उनले २० दिनमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् र पहिलो पहिलो महिला सागरमाथा आरोही बनिन् ।

 

सम्बन्धित समाचार

Advertisement