काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई समेत मुछेर दायर गरिएको मुद्दामा न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दामा असन्तुष्टि प्रकट गर्नुभयो ।
अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलिलाई जग्गा उपलब्ध गराइएको जिकिर गर्नुभयो । यस विषयमा कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको र अदालतबाट आउने फैसलालाई आफूले सम्मान गर्ने बताउनुभयो ।