प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेका छन् : यादव

अनलाइन दर्पण 2024-05-23
img

विराटनगर, १० जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले  राज्य शक्तिको दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको बताउदै प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्री आफैं भन्दै हुनुहुन्छ सरकार टिकाउनका लागि जसपालाई फुटाएँ, जे पनि गर्छु’, उनले भने,’प्रधानमन्त्रीले जे गरेर पनि सत्ता टिकाउने र राज्यको शक्ति र स्राेतलाई दुरुपयोग गरेर पार्टी फुटाउने कार्य भनेकाे लाेकतन्त्रलाई सिध्याउने अभ्यास हाे, लाेकतन्त्रलाई सिध्याउने खेल राज्यबाट भइरहेको छ ।’

आफू देशमा नहुँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका व्यक्ति  नै चोइटिएर गएको भन्दै यादवले यसमा राज्यशक्तिको दुरुपयोग भएको बताए ।

उपेन्द्र यादव अमेरिका रहेका बेला अशोक राई, राजेन्द्र श्रेष्ठसहितका नेताहरुले अर्को पार्टी गठन गरेका थिए ।

सम्बन्धित समाचार

Advertisement