भोलिदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने

अनलाइन दर्पण 2021-05-05
img

काठमाडौं । कोरोना संक्रमणका कारण विहीबारबाट अन्तर्राष्ट्रिय उडान बन्द हुने भएकाे छ । उडान बन्द हुने भएपछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड लागेको छ । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि विभिन्न देशमा जाने यात्रुहरुको अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको हो ।

यसअघि सरकारले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । बिमानस्थलमा पुगेका यात्रुहरुले निर्धारित मितिभन्दा पहिले नै नेपाल छोड्न लागेको बताएका छन् ।

उनीहरुले निषेधाज्ञाका कारण विमानस्थलसम्म आउन पनि समस्या भएको बताएका छन् । १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौंको निषेधाज्ञा पुनः एक हप्ता थप गरिएको छ ।

सम्बन्धित समाचार

Advertisement