मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै आएकी उपाध्यक्ष बिष्टले गत मङ्सिर २९ गते राजीनामा दिएकी हुन् ।
उनको राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।
मनहरी नगरपालिकाको दुबै पदमा तत्कालीन एमालेका तर्फबाट अध्यक्ष र उपाध्यक्ष बिजयी भएका थिए ।