ट्रक दुर्घटनामा ३ जनाको मृत्यु

अनलाइन दर्पण 2020-12-23
img

नवलपुर, ८ पुस।  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । ना ३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएकाे छ ।

मृतकको सनाखत भैसकेको र तीनजना पुरुष रहेको प्रहरीले जनाएको छ । 

ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो ।

ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ । 

घटनास्थल गैंडाकोटस्थित पूर्व-पश्चिम राजमार्गदेखि करिब ३५ किलोमिटरको दुरीमा पर्छ ।

सम्बन्धित समाचार

Advertisement