काठमाडौं । “जीवनमा स्थिरता, सहजता एवम् सरलता ल्याउनको लागि परमात्मा सँग नाता जोडौं ।” उक्त विचार सद्गुरु माता सुदिक्षा जी महाराजले दिदै तीन दिवसीय ७३ औं भर्चुअल वार्षिक निरंकारी सन्त समागम सम्पन्न भएको छ ।
निरंकारी मण्डलका अनुसार याे वर्ष नोबेल कोरोना भाइरसको संक्रमण र त्यसको जोखिमलाई मध्यनजर गर्दै मंसिर २०, २१ र २२ गते भर्चुअल रुपमै समागम भएको थियो ।
पहिलो पटक यसरी समागम भएपछि श्रद्धालु निकै हर्षित भएको मण्डलले जनाएको छ । यसको अतिरिक्त यो समागम संस्कार टिभी च्यानलबाट पनि तिनै दिन सांझ ५:३० बजेदेखि राति ९ बजेसम्म प्रसारण गरिएको थियो भने सम्पुर्ण समागम मण्डलको वेबसाईटबाट पनि हेर्न मिल्ने व्यवस्था मिलाइएको थियो ।
समाजमा शान्ती, सद्भाव कायम गरेर प्रेमले सबैलाई नियाल्नुपर्ने र भौतिक मात्र नभई आध्यात्मिक चिन्तनसमेत हुनुपर्ने भन्दै आएको सन्त निरंकारी मिसनले यो वर्ष स्थिरता विषयमा समागम गरेको निरंकारी मण्डलले जानकारी दिएको छ ।