काठमाडौं सुकुटे कार्किटार जल्किनी सडक सञ्चालनमा

अनलाइन दर्पण 2020-12-10
img

सुकुटे । अरनिको राजमार्ग अन्तर्गत सुकुटे देखि जल्किनी सम्मको सडकमा यातायात सञ्चालनमा ल्याइएको छ । बिहीवार एक कार्यक्रम गरेर बागमती प्रदेश सभा सदस्य तथा अर्थ बिकास समितिका सभापति सरेश नेपालले सुकुटे कार्किटार जलकिनी सडक तथा यातायातको रिवन काटेर उद्घाटन गरेका हुन ।

सडक तथा यातायात उद्घाटन गर्दै नेता नेपालले सडक बिकासको मेरुदण्ड भएको र यातायातको साधन राम्रोसँग सन्चालन गर्ने हो भने बिकासको झन्डै आधा काम सकिने बताउनु भयो । आफू जिबिसमा हुँदा यो सडकको परिकल्पना गरेको समेत जानकारी दिनुभयो। 

ग्रामीण क्षेत्रको अर्थ प्रणालीलाई माथी उठाउन सडकको धेरै महत्त्वपूर्ण रहने बताउनु भयो । यदि कृषिको बिकास गर्नु छ भने कृषि सडकको बिकास गर्न पर्छ । जिल्लाको सबै तिर सडक पुर्‍याउन लागेको र भएको सडकको स्तर उन्नति गर्न लागेको समेत बताउनु भयो । 

सडक राम्रोसँग निर्माण नहुँदा बाढिपहिरो, भूक्षय बढेकोले बनेको सडकको स्तर उन्नति गर्न अत्यावश्यक भएको बताउनु भयो । जिल्लाका धेरै सडकको स्तर उन्नति गर्न बजेट विनियोजन गरेको जानकारी गराउनु भयो । यातायात क्षेत्रमा भएको अस्तव्यस्त अन्त्य गर्न आफू लागिरहेको बताउनु भयो।

यातायात व्याबसायी तथा स्टाफले यात्रुलाई राम्रो व्यबहार गर्न र कलेज र प्लस्टु क्यू भनेर बिहान पनि यातायात सन्चालन गर्न पनि सांसद नेपालले आग्रह गर्नुभएको छ । सरकारले जनतालाई दिने सेवा विभिन्न माध्यम बाट दिने भन्दै यातायातको सेवा निजि क्षेत्रबाट दिने भएकोले सोही अनुसारको सेवा दिन ब्याबसायीहरुलाइ नेता नेपालले  आग्रह गरेका छ ।

बिशेश अतिथी अरनिको यातायात सेवा समिति अध्यक्ष चित्र कुंवरले यो रुटमा नियमित यातायात सन्चालन गर्न आफ्नो समितिबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो। ठोकर्पा सुकुटे कार्किटार जल्किनी हुँदै अफिस भ्याउने समयमा चौतारा सम्म पुग्ने रुट सन्चालनको बारेमा सल्लाह गर्ने पनि जानकारी दिनु भयो। उनले कतिपय घरायसी सामाग्रीपनि बसमै ल्याइदिनु भएमा आर्थिक रुपले गाडीमा मद्दत पुग्ने बताउनु भयो । कुंवरले आउदो २७ गते शनिबार बाटनै क्यू मिलाउने बताउनु बताउनु भयो ।

चौतारा साङ्गाचोकगढी नगरपालिका वडा नम्बर १० का अध्यक्ष बेलबहादुर महतले करिब .२० बर्ष पहिले शिलान्यास भएको उक्त सडकले बल्ल पुर्णता पाएको जानकारी गराउनु भयो । उहाँले यातायात सन्चालन निरंतरता दिदै ठोकर्पाको १२ किलो देखि चौतारा सम्म बिहान अफिस समय भ्याउने गरि बस सन्चालन गरिदिन पनि अनुरोध गर्नु भएको छ ।

अरनिको यातायात सेवा समितिका पुर्व अध्यक्ष तथा राष्ट्रिय यातायात ब्याबसायी महासंघका उपाध्यक्ष जीतबहादुर भारतीले सरेश नेपाल जिल्ला बिकास समितिका सभापति हुदां र आफू सदस्य सुरु भएको सडकले अहिले आएर पूर्णता पाएको बताउनु भयो । तत्कालीन जिविस सभापति तथा प्रदेश सांसद नेपालले यो दल उ दल नभनी बिकास निर्माणको काम गरेको पनि बताउनु भयो।

सुनकोसी गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामहरी खड्का लगायत स्थानीय जनप्रतिनिधि तथा यातायात व्यावसायीहरुको उपस्थिति रहेको थियो । सुकुटे टोल बिकास समितिका अध्यक्ष नरेन्द्र कुमार खड्काको सभापतित्वमा सप्पन्न भएको थियो । ।

९.२ किलोमीटर उक्त सडकबाट  २ हजार भन्दा बढी जनताले लाभ लिने छन ।

सम्बन्धित समाचार

Advertisement