सन्तोष दाहाल
मंगसीर -१८ काठमाडौ नेपालको धार्मिक ,सास्कृतिक र प्राकृतिक मनोरम दृश्य बाट सम्पन्न भनेर चिनिने प्रसिद जिल्ला दोलखामा रहेको प्रसिद्ध देबिको मन्दिर कालिन्चोक ,दोलखा बजारमा रहेको दोलखा भिमेस्वर मन्दिर खुलेको छन । आज १८ गते बसेको कोभिड न्यूनीकरण को बैठक बाट १९ गते बाट लागू हुने गरि खुलाउने निर्णय गरेको हो।युवा व्यावसायि हरि ओलि का अनुसार पर्यटन ब्यबसायमा दोलाखा मा धेरै लगानी भएको छ ,मानिसहरू ले आफ्नो आवश्यकता अनुसार को सेवा दिन हामी सक्षम छौ अहिले दोलखा को माथिल्लो भेगमा हिउ पर्ने समय भएकाले पनि हिउँ खेल्न र कालिन्चोक भगवतीको दर्शन गर्न आन्तरिक र बाह्य पर्यटक आउने र कालिन्चोक केबलकार पनि पर्यटक को आगमन सगै सेवा दिन सुचारु हुने बताउनु भयो