उदाउँदो सूर्यलाई अर्घ्य दिदै,आस्थाको महापर्व छठ सम्पन्न

अनलाइन दर्पण 2020-11-20
img

अंगद यादव/ नवलपरासी पश्चिम ६ मंसिर । आस्था श्रद्धा निष्ठ र सद्भावको महापर्व छठपर्व व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ पर्वको समापन भएको छ । तराई लगायत नवलपरासी पश्चिमको विभिन्न छठ घाटमा आज विहान व्रतालुहरुले श्रद्धापुर्वक उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवध रूपमा यो पर्व सम्पन्न भएको हो ।

चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अस्ताउदो सुर्यलाई अर्घ्य दिने चलन रहेको छ ।

नदि, नहर तलाव तथा पाेखरीमा घाट निर्माण गरी ब्रतालुहरुले सूर्यदेवको आराधना र उपासना गर्न गरेका छन् । सन्तानको प्राप्ति र लामो आयुका लागि गरिने छठ पर्व गर्दा छाला सम्बन्धी रोग समेत नलाग्ने भएकोले छठ पर्व मनाउने चलन रहेको छ जनविश्वास रहेको छ । यो सद्भावको पर्व पनि हो । अर्ध्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने गरिन्छ ।

सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । नदि, नहर तलाव तथा पाेखरीमा घाट निर्माण गरी ब्रतालुहरुले सूर्यदेवको आराधना र उपासना गर्न गरेका छन् ।

No description available.सन्तानको प्राप्ति र लामो आयुका लागि गरिने छठ पर्व गर्दा छाला सम्बन्धी रोग समेत नलाग्ने भएकोले छठ पर्व मनाउने चलन रहेको छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । यो सद्भावको पर्व पनि हो । तराई देखि पहाड सम्म लोकप्रिय बन्दै गएको छठपर्व उदाउदो सूर्यदेवको अर्घ्य दिएसंगै हर्षोउल्लासका साथ सम्पन्नता भएको हो ।

सम्बन्धित समाचार

Advertisement