भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका-३ साविक बालकोटस्थित स्व.श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका पूर्वनेता स्व श्यामबहादुर कार्कीको १३ औं स्मृति दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ८९ जनाले रक्तदान गरेका थिए ।
प्रतिष्ठानले स्थापनादेखि नै हरेक बर्ष स्व कार्कीको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, मध्यपुर अस्पतालका अध्यक्ष समेत रहेका प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कार्की, प्रतिष्ठानका सचिब प्रदिप कार्की लगायतले स्व.कार्कीले नेपालको प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदान, समाज, पार्टी र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखा बालकोट उपशाखाको प्राबिधिक सहयोगमा संचालन भएको हो ।
स्व. श्याम बहादुर साविक बालकोट गाविसका पूर्वअध्यक्ष समेत थिए।