रामेछापमा कोरोना संक्रमितको संख्या २० पुग्यो, एकै दिन १८ जनामा कोरोना पुष्टि, संक्रमितको एरिया सिल गरिदै

अनलाइन दर्पण 2020-06-05
img

रामेछाप, २३ जेठ । रामेछाप जिल्लाका एकै पटक १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिंफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमण पुष्टि हुनेहरु १७ देखी ४९ वर्ष सम्मका पुरुष रहेको जानकारी दिए । 

रामेछापको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार उनीहरु भारत र जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । पछिल्लो समय जिल्लाको गोकुलगंगा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, मन्थली नगरपालिका र दोरम्बा गाउँपालिकाका स्वाब संकलन गरेर परीक्षण गर्न  काठमाडौ  पठाइएका ७० जनामध्ये ४० जनाको रिपोर्ट आएको कर्णले बताए । उनले भने, ‘७० जनामध्ये १७ जनाको पोजिटिभ र २३ जनाको नेगेटिभ आएको छ । अझै ३० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।’

संक्रमित सबैलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । १७ जना कोरोना संक्रमित भएसँगै जिल्लाभित्र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमाथि निगरानी बढाइएको छ । रामेछापको आठ वटा स्थानीय तहमा जिल्लामा शुक्रबार दिउँसोसम्ममा क्वारेन्टाइन र होम क्वारेन्टाइन गरी कूल २०२ जना बसिरहेका छन् । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले भारत लगायत विभिन्न स्थानबाट रामेछाप आएका १४५ जना क्वारेन्टाइन र ५७ जना होम क्वारेन्टाइनमा बसिरहेको जानकारी दिए । 

जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको बताए पनि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले संक्रमितहरुको थप  विवरण खोजी रहेको छ ।

त्यसैगरी शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रामेछाप स्थायी घर भई जुम्लामा कार्यरत एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लामा कार्यरत रामेछापका एक २३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

संक्रमितको संख्या २० पुग्यो

रामेछाप जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २० जना पुगेको छ । आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा २० जनामा कोरोना संक्रमित भएका हुन् ।

रामेछाप जिल्लामा यस अघि पनि दुई जना कोरोना संक्रमित पुष्टि भएका थिए । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएक थिए ।
आइसोलेसनमा उपचार भएर प्रहरी जवान घर फर्किसकेका छन् । त्यसैगरी जेठ ७ गते कोराना संक्रमित भएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका २३ बर्षिय पुरुष पनि नौ दिन पाटन अस्पतालको आइसोलनमा उपचार गरेर स्वास्थ्य भएर घर फर्किएका छन् ।
त्यसैगरी शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रामेछाप स्थायी घर भएर हाल जुम्लामा कार्यरत एक पुरुषमा पनि कोरोना संक्रमण भएको छ । योसँग जिल्लामा कोरोना संक्रमितको संख्या २० जना पुगेको छ ।


संक्रमित बसेको एरिया सिल गरिदै 

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमित भएका आसपासको क्षेत्रलाई स्वास्थ्य सतर्कताको लागि सिल गर्ने निर्णय भएको बताए । जिल्ला प्रशाशन कार्यालय रामेछापले आज एक सुचना प्रकाशित गरी आसपासका क्षेत्रका बासिन्दाहरुलाई संममित र संर्तक रहन आग्रह गर्दै आपसपाका क्षेत्रको स्वास्थ्य संवेदनशिलतालाई मध्यनगर गरी ती स्थानमा एम्बुलेन्स बाहेकका कुनै पनि सवारी साधन सञ्चालन नहुने गरी प्रतिबन्ध लगाइएको जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement