संकटको घडीमा सत्ताको उन्मादको खेल प्रस्तुत गर्नु इतिहासकै दुःखद घटना : सभापति देउवा

अनलाइन दर्पण 2020-04-20
img

 काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले सरकारले आपत्तिजनक र गैह्र जिम्मेवार प्रवृत्ति देखाएको आरोप लगाएका छन् । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनप्रति आपत्ति जनाउँदै सोमबार साझ सभापति देउवाले एक विज्ञप्ति जारी गम्भीर असहमति जनाएका हुन् । 


देउवाद्वारा विज्ञप्तिमा भनिएको छ, 'कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ । दुबै अध्यादेशप्रति नेपाली काँग्रेसको गम्भीर असहमति छ ।'

कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा लागि काँग्रेसले सरकारलाई हरसंभव सघाउँदै बताउँदै यतिबेलाको प्रधान दायित्व  कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउ भएको देउवाले बताए ।  उनले भने, 'यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।'उनले  संविधान निर्माणतका संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना विषय पनि स्मरण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो ।'

नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको देउवाको ठकर छ ।

'नेपाली काँग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ,' विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

Advertisement