कैलालीका कोरोना संक्रमित युवा निको भएर घर फर्किए

अनलाइन दर्पण 2020-04-19
img

धनगढी, ७ वैशाख । कोरोना भाईरस (कोभीड- १९) बाट संक्रमित कैलाली लम्की चुहा नगरपालिका वानं ९ प्रतापुर का २१ बर्षिय युवा उपचार पछि निको भएर आइतवार घर फर्कदै छन्। दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिचार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्मिक सेवा बिभाग प्रमुख जगदिश जोशीले बताएका छन।

उनको दोश्रो र तेश्रो रिपोट नेगेटिभ आएको हो। रिपोर्ट नेगेटिभ आएर अस्पतालवाट डिचार्ज भएपछि खुशी लागेको उनले बताए।‘सवैलाई त्रसित पारेको रोगलाई जित्दा धेरै खुशी लागेको छ’उनले भने,‘म मात्र होइन्, मेरो परिवार र पुरै मेरो गाउँमा सवै खुशी भएका छन।’ उच्च मनोवल राखेर र हिम्मत नहारेमा यो रोगवाट निको हुन सकिने उल्लेख गर्दै उपचार गराईरहेका सवैलाई हिम्मत नहार्न सुझाव दिए।‘ म जस्तो घरबाट आए, त्यसैगरि निको भएर म घर फर्किन्छु भनेर मैले सधै आफ्नो मन बलियो राखे र कुनै टेन्सन गरेन’उनले भने। सरसफाई, स्वास्थ्यमा ध्यान दिनुपर्ने उनले बताए। अस्पतालमा उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो व्यवहार गरेको  उनको भनाई छ। मुम्मईमा मजदुरी गर्ने ती युवक लकडाउन भएकाले चैत ११ गते दिनभरी कैलालीको त्रिनगर नाकामा रोकिए। चैत ११ गते राती प्रशासनले गाडीमा राखेर घर पुर्यायो।

लम्की चुहा नगरपालिका वानं ९ को प्रतापपुर सरस्वती माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा राखिएको थियो। नेपाली सेनाको टोलीले कैलाली र कंचनपुरका क्वारेन्टाईनवाट ९२ जनाको थ्रोट स्वाव गरेर जाँच गर्दा यि युवामा पोजेटिभ देखिएपछि चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। चैत २२ गते सुदूरपश्चिममा एकै दिन उनी सहित ३ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण देखा परेको थियो। धनगढी उपमहानगरपालिका वानं ५ का ३४ बर्षिय महिला र कंचनपुर बेदकोट नगरपालिका वडा १० का ४१ बर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण देखा परेको थियो। धनगढी उपनगरपालिकाका ३४ बर्षिय युवक र लम्की चुहा नगरपालिका १ का ६५ बर्षिय महिला लगाएर सेती प्रादेशिक अस्पतालमा ४ जना संक्रमितको उपचार भैरहेको छ। देशभरीमा ३१ जना संक्रमितमा उपचार पछि निको हुनेको संख्या ४ पुगेको छ।

 

सम्बन्धित समाचार

Advertisement