अंगद यादव/नवलपरासी पश्चिम २१ माघ नवलपरासी पश्चिमको प्रतापपुर गाँउपालिका वडा नं.- ८ मा एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन । बद्रीघाट नर्सही सडक खण्ड अन्तर्गत फटकी टोलामा करिब २ सय मिटर दक्षिण तर्फ रुखमा करिब ४५ बर्षिय युवकको शव स्थानियहरु झुन्डिएको अवस्थामा हेरेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएका घटनास्थल देखी सय मिटर उत्तरतर्फ सडकको छेउमा गए राति बेवारिशे अवस्थामा लु ४६ प ६१६१ नम्बर भएको मोटरसाईल भेटिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसंधान भईरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।