सप्तरी, ६ असोज । सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका कार्यालय सहयोगी घूससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग २ हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।
मोही लगत कट्टाको निर्णय गराइदिने भन्दै एक सेवाग्राहीसँग घूस लिँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।