भक्तपुर, ९ चैत । महानगरीय प्रहरी वृत ठिमीको टोलीले भक्तपुरका विभिन्न स्थानबाट ५ जनालाई लागु औषध सहित मंगलबार पक्राउ गरेको छ ।
प्रहरीले लागु औषध कारोबार गर्ने मध्यपुरठिमी नगरपालिका बोडेकी लक्ष्मी श्रेष्ठ (अनिता) लागुऔषध डाईजेल्याब-८ थान , नुफ्रिन-१३ थान, फेनरगन-१४ थान सहित र कमलबिनायक ४ का लक्ष्मण कर्माचार्य डाईजेल्याब-३० थान ,नुफ्रिन-३० थान, फेनरगन-३० थान सहित पक्राउ गर्नुका साथै प्रगोगकर्ता बोडे-५ का नारायण उप्रेती, बोडे-२ का निरोज बज्राचार्य, बोडे-५ का राकेश महर्जन रहेका छन् ।
प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको जानेको छ ।