भारतबाट अवैध रुपमा ल्याइएको कुखुराको चल्ला शसस्त्र प्रहरी नेपालद्वारा नष्ट

अनलाइन दर्पण 2019-08-20
img

अंगद यादव/ नवलपरासी पश्चिम।

नवलपरासी पश्चिमको सशस्त्र प्रहरी बल द्वारा सोमवार ३ लाख ३६ हजार बराबरको कुखुराको चल्ला नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नवलपरासीको हेड क्वाटर बेलासपुरले प्रतापपुर गाउपालिका वडा नं.-३ गिदहवामा अबैध रुपमा लुकाइ राखेको अवस्था कुखुराको चल्लाहरु बरामद गरेको थियो । 

सशस्त्र प्रहरी निरिक्षक बिसकुमार शाहीको नेतृत्वमा गएको गस्ती टोलीले ६० कार्टुन कुखुराको चल्ला भारत बाट अबैध रूपमा ल्याएको चल्ला नियन्त्रणमा लिएको थियो । 

सस्शत्र प्रहरी, महेशपुर पशु कोवारेन्टटाईन, पत्रकार, स्थानीय लगाएतका रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बेलासपुरले जनाएको छ । 

त्यस्तै गरी नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं.- १ गजहरीमा भारतबाट अबैध रुपमा ल्याउदै गरेको अन्दाजी १२ हजार बराबरको ३० गोटा ६० केजी कुखुरा सशस्त्र बल नेपाल सुरक्षा बेस क्याम्प सेमरीले नष्ट गरेको छ । 

सशस्त्र प्रहरी बल शालिकराम थारुको कमाण्डमा खटिएको टोलीले उक्त कुखुरा बरामद गरेको सशस्त्र बल नेपाल सुरक्षा बेस सेमरीले जनाएको छ ।

सम्बन्धित समाचार