चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

अनलाइन दर्पण 2017-03-18

काठमाडौं, ६ चैत्र । संविधान संशोधन नगरिकन स्थानीय तहको चुनाव मिति तोकिएकोमा  मधेसी मोर्चाले असन्तुष्टी जनाउदै तराईमधेसमा आन्दोलन चर्काउने तयारी गरेकोछ । आजको नागरिकमा  खबर छ ।

मोर्चाका नेताहरुले स्थानीय चुनावमा भाग नलिने र चुनाव बिथोल्ने रणनीति बनाउन थालेका छन् ।

चुनाव असफल बनाउनेबारे सद्भावना पार्टीले कोन्द्रिय समिति बैठक बोलाएको छ । बैठकमा जिल्ला अध्यक्ष पनि सहभागी छन् । अधिकांश नेताले चुनाव हुन नदिन सशक्त आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने बताएका छन् ।

जिल्ला अध्यक्षहरुले केन्द्रिय नेताहरु काठमाडौं छाडेर जिल्ला जानुपर्ने र संसदबाट राजीनामा दिनुपर्ने सुझाव समेत दिएका छन् ।

सम्बन्धित समाचार

Advertisement