भक्तपुर, ३ चैत। चाँगुनारायण नगरपालिका–५ खरिपापाटी घुमाउनेस्थित ईट्टाभट्टामा काम गर्ने एक जना मजदुरले झुण्डिएर आत्महत्या गरेका छन् ।
दाङ घर भई हाल चाँगुनारायण नगरपालिका –५ स्थित जयशंकर ईट्टाभट्टमा काम गर्ने गोपाल चौधरीले नजिकैको पैयुको रुखमा बिहीबार विहान ८ बजे घाँटीमा गलबन्दीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाबारे अध्ययन गरी मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।