सिन्धुपाल्चोक जिल्लामा यतिवेला सामुदायिक मेलमिलाप अभियान अग्रत लिदैछ । स्थानीय स्तरको विवाद स्थानीय सहजकर्ताले दिगो सम्वन्ध सुधारसहित मेलमिलाप गराउने उदेश्यले सामुदायिक मेलमिलाप कार्यक्रम भइरहेको छ ।
सोही क्रममा बाह्रबिसे नगरपालीका वडा नम्बर ७ घुम्थाङको मेलमिलाप केन्द्रले २९ वर्ष पहिला देखी अदालतमा वेवारिसे रहेको घर घडेरी सम्बन्धी विवाद समाधान गरेको छ ।
बारबिसे नपा वडा ७ घुम्थाङका बुद्दी ब. प्रधानले मिति ०४५माघ ६ गते ०(१२(१(३ क्षेत्रफल भएको एक तले ढुङ्गा माटोले बनेको घर रु ७ हजारमा खड्ग विक्रम थापालाई राजिनाम पास गरिदिए ।
करिब ५ वर्ष पछि खडग विक्रम थापाले कोमल बिक्रम थापालाई रु ११हजारमा सोही राजिनाम बाट जग्गा बिक्रि गरिदिए । त्यसपछि खड्रग बिक्रम थापाका परिवार त्याहाँबाट अन्तै बसाई सरी गए । २०६८ साल तिर कोमल विक्रम थापाले उक्त जग्गा विद्यालयलाई विक्रि गर्न खोजे तर जग्गा पास भएन ।
२०६९ मा जग्गा धनि बुद्दी बहादुर प्रधानले जग्गा धितो राखि कृषि विकास बैकबाट रु ९६ हजार ८ सय १६ रुपैंया ऋण लिए । कोमल विक्रमले बुद्दी वहादुर. प्रधानलाई जग्गा मिलाईदेउ भने तर उनले बैंकको १ लाख रकम तिर अनि मात्र मिलाई दिउला भनेपछि राजिनाम समेत भुकम्पमा हराई झनै अन्धकारमा परेको कोमल विक्रम थापा ले राजिनामको प्रतिलिपि लिन जिल्ला मालपोत कार्यलय जाँदा दिन नमिल्ले भने पछि चिन्तामा मर्न तयार भए ।
उनिले वडामा मेलमिलाप केन्द्र रहेको थाहा पाए पछि मेलमिलाप केन्द्रमा गई यही थलोमा भुकम्प पीडीत राहत लिएर घर बनाएर बस्न पाउ नत्र भने म गलामा डोरीको पासो लगाएर रुखमा झुण्डिएर मर्नेछु भनि विवाद दर्ता गरे ।
विवाद दर्ता पछि मेलमिलाप केन्द्रको पहलमा पक्षहरु संग छलफल गरी पक्ष रहेको स्थान झापा पुगी जग्गा धनी समेत ल्याई जिल्ला मालपोत कार्यालबाट राजिनाम प्रतिलिपि उतार गर्ने काम समेत गरि मेलमिलाप सत्र सञ्चालन गरियो मेलमिलाप केन्द्र बाट बैक को ऋृण सम्बन्धित श्रृणीले तिर्ने र कोमल विक्रमको नाममा जग्गा पास गर्ने र सहमति गराई २९ वर्ष पछि सबै पक्ष खुसि भई विवाद समाधान भएको मेलमिलाप कर्ता भगवान थापाले वताए ।
द एसिया फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा प्राकृतिक श्रोत द्वन्द रुपाण्तरण केन्द्र नेपाल बाट यस जिल्लाका सबै स्थानिय तहहरुमा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन भइरहेको जिल्लामा हाल सम्म ७८८ जना मेलमिलाप कर्ता उत्पादन गरी प्रत्येक गाँउपालिका तथा नगरपालिका बाट कानुनत मेलमिलाप गराउन सकिने भनि उल्लेख भएका देवानि किसिमका १५४५ विवाद मेलमिलाप केन्द्रमा दर्ता भई १५सय ९ विवादमा मिलापत्र भएको छ भने ३६ विवाद सम्वन्धीत निकायमा रिफर गरिएको जिल्ला कार्यक्रम संयोजक ठाकुर राम चौलागाई वताए ।-जनतापत्रबाट