व्यापारी ओझाको हत्या कि आत्महत्या अन्यौलता, स्थानीय र प्रहरीका फरक फरक धारणा

अनलाइन दर्पण 2018-09-15

  यज्ञराज उपाध्याय

जोशिपुर, ३० भदौ । कैलालीको जोशिपुर गाउँपालिका स्थित जोशिपुर बजारमै बिगत लामो सयमदेखी ब्यापार व्यवसाय गर्दै आएका रामप्रसाद जोशिको बिहीवार राती घर भित्र सुतिरहेको अवस्थामा हत्या भएको भनिएको छ तर प्रहरि भने उनको हत्या कि आत्महत्या अझै अन्यौलमा छ ।

बिहिवार राती उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

शुक्रबार बिहान अवेरसम्म उनी पसलमा नआए पछि स्थानीयहरुले चासो राख्दै उनकै घरमा बोलाउन पुग्दा उनी घरभित्र खाटमा मृत अवस्थामा फेला परेका थिए ।

जसपश्चात प्रहरीलाई सम्पर्क गरिएको थियो र जोशिपुर बजार बन्द गरिएको थियो । स्थानीयहरुले भने उनको हत्या नै भएको भन्दै हत्यारालाई कारवाहिको माग गरिराखेका छन ।

घाँटी च्यापेर हत्या गरिएको भनिएका ब्यापारी ओझाको शनिबार बिहान टीकापुर अस्पतालमा पोस्टमार्टम गरिएको छ । यसमा स्थानीय र प्रहरीको मत फरक फरक छ ।

स्थानीय :

घाटिमा डोरिको निशानी छ, घर भित्र सुतेको अवस्थामा मृत फेला पारिएको हो । आत्महत्या गरेको कुन आधारमा भन्ने, आत्महत्या गरेको भए झुण्डिएको हुनुपर्ने, पक्कै पनि मारिएको हो । पसलबाट बिलबूक, उधारोको ठेली, पैसा सबै लगिएको छ ।

ईप्रका टीकापुर प्रमुख एवं डिएसपी शिव बहादुर सिंह :

घरभित्र मृत भेट्टाईएको छ त्यसैले हत्या नै कसरी भन्ने तर घाटीमा घाउ देखिएको छ, हत्या नै पनि भन्न सकिने अवस्था छैन र आत्महत्या पनि भन्न सकिने अवस्था छैन । अब पोस्टमार्टमको रिपोर्ट जे आउँछ त्यसै अनुसार चल्छौं, मर्नु अगाडी चार पाच जना सङ्ग हिटडुल गर्ने गरेको पत्ता लगाएका छौं । हत्या नै हो भने हत्यारा छिट्टै पत्ता लाग्छ ।

ईप्रका भजनी इन्स्पेक्टर राजेन्द्र चन्द :

व्यापारी ओझाको हत्या शंकास्पद छ तर उनको हत्या नै हो भन्ने स्थितीमा हामी छैनौ । स्थानीयहरुमा कुरा सुनिरहेका छौं, कसैले रोडमै मारेर घरमा लिएर सुताएको भन्छन, कसैले घर भित्रै घाँटी च्यापेर मारेको भन्छन त्यसैले हामी अनुसन्धान मै छौं । ठोस कुरा पत्ता लाग्न सकेको छैन, भर्खर पोस्टमार्टम सकिएको छ अब उक्त पोस्टमार्टमको रिपोर्ट अनुसार हामि अगाडी बढ्ने छौं ।

सम्बन्धित समाचार

Advertisement