अंगद यादव /नवलपरासी सुस्ता पश्चिम २९ साउन
नवलपरासीको सुस्तामा एबीसी नेपालको सयपत्री किशोरी समुहले अायोजना गरेको बालविवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले बालविवाह तराई मधेसको मुख्य थलो बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
बालविवाह शिक्षा र जनचेतनाको कमीले भएको दाबी गरेका थिए साथै पहिला भन्दा अहिले तराईमा बालविवाह न्युनिकरण हुदै गएको भएपनि केही ठाउँमा अहिले पनि जडो गाडेको देखिन्छ । बालविवाह रोकथाम गर्न सबै लाग्नु पर्ने उक्त कार्यक्रमका वक्ताले बताएका थिए ।
किशोरी समुहकी अध्यक्ष हिमा हरिजनको अध्यक्षता रहेको कार्यक्रममा वडा सचिव दिल बहादुर दर्लामी प्रमुख अतिथि रहेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रम वडा भित्र रहेका विभिन्न समाजसेवी बुद्धिजीवी शिक्षक सरकारी तथा गैर सरकारी संघ संस्था र पत्रकारहरुको उपस्थिति थियो ।
सयपत्री किशोरी समुह पक्लिहवा अायोजना र एबीसी नेपालको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा रामनगर प्रहरी चौकीका इन्चार्ज दिल बहादुर बिक, समाजसेवी बलवन्त यादव, विपी मा.वि का प्रअ भगवन्त प्रसाद सहानी, एबीसी नेपालका फिल्ड सुपरवाइजर संजित शर्मा लगायतको उपस्थिति थियोे ।