गायकआनन्द कार्कीको श्रीमतीको मृगौला फेल : सहयोगको अपिल (A/C No. सहित)

अनलाइन दर्पण 2018-08-07
img

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक नक्षत्र सदाबहार चर्चित बरिष्ट गायक आनन्द कार्कीको धर्मपत्नी ईश्वरी कार्कीज्यु बिगत केहि समयदेखि दुई वटा नै मिर्गौलाले काम गर्न नसकेर मिर्गौला पिडित भई उपचार गर्ने क्रममा किड्नी डाइलसिस पद्दतिमा रहेकी छिन् ।

२० औ बर्षदेखि सांगीतिक क्षेत्रमा अहोरात्र लागि परेर नेपालि सांगीतिक क्षेत्रलाइ यहाँसम्म पुर्याउन तथा सम्पूर्ण संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल बरिष्ट गायक आनन्द कार्कीलाई यो ठाउसम्म ल्याउन उनकी धर्मपत्नीको सवैभन्दा ठूलो भुमिका रहेको छ ।

इण्डिया लगायत अहिले नेपालमा उपचार्थ गायक कार्कीको धर्मपत्नी ईश्वरी कार्कीको उपचार गर्ने क्रममा धेरै आर्थिक भार पर्न गएको हुदा, उनीहरुलाई अहिले आर्थिक कठिनाइ समेत भोग्नु परेको छ । दुवै मृगौला खराब भएको हुदाँ उनलाई अहिले मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । त्यसकोलागी अझ धेरै आर्थिक भार पर्न गएको हुदा तसर्थ देश बिदेशमा रहनु भएका सांगीतिक क्षेत्रका महानुभाब, संगीत प्रेमी, कलाकर्मी, समाजसेबी तथा सम्पूर्ण नेपालि दाजुभाइ तथा दिदीबहिनीहरुमा आर्थिक सहयोग संकलन गरि सबैको मन मुटु मस्तिष्कमा बस्न सफल चर्चित गायक कार्की तथा उनको धर्मपत्नीको उपचारमा सहयोग गर्न हार्दिक अपिल गरेका छन् । गायक कार्कीको श्रीमति मधुमेय रोगको समेत पिडित रहेही छिन् ।

मानब धर्मलाई आत्मासाथ गर्दै सम्पूर्ण मनकारी मन, समाजसेवीहरुमा सहयोगको अपेक्षा सहित आफुले सकेको सहयोग गरि बरिष्ट गायक कार्की तथा उनकी धर्मपत्नी ईश्वरी कार्कीलाइ केहि राहत महसुस हुने साथै उनको जिबनरक्षाको लागि पहल गर्दै सम्पूर्ण सहयोगीमनहरु समक्ष हार्दिक अपिल गरेका छन् ।

सहयोगका लागि नेपाल ईन्भेस्टमेन्ट बैँक दरबारमार्गको खाता नं : A/C No. :  आनन्द कार्की ००१०५०१००५४९६७

A/C No. :  Ananda karki : Nepal Invesmet Bank Durbar Marg : 00105010054967

थप जानकारीको लागि : गायक आनन्द कार्की सम्पर्क न :  +९७७-९८५१०-४६२३३, +९७७-९८४३९३५६७७,

अभियन्ता सुर्य चन्द : ९८५१०४३९३२

सम्बन्धित समाचार

Advertisement