त्रिभुवन विमानस्थलबाट तस्करी गरेको आधा किलो सुनसहित एक पक्राउ

अनलाइन दर्पण 2018-08-07
img

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट तस्करी गरेको करिब आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित सुनसरी घर भएका २८ वर्षीय फैजाद   आलमलाई पक्राउ गरेको हाे । 

महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक  रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा आलमलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

उनले वैदेशिक रोजगारीमा जाने कामदारलाइ प्रयोग गरी सुन तस्करी गरेका थिए। उनीबाट सुनका ७ वटा चुरा र ५ वटा बेरुवा औंठी बरामद गरेको छ ।

४ सय ५७ ग्राम बराबरको बरामद सुनका मूल्य २१ लाख ९४ हजार रुपैयाँ छ । 

पक्राउ परेका आलमलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । 

सम्बन्धित समाचार

Advertisement