सिद्धार्थ राजमार्गमा पहिरोः बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

अनलाइन दर्पण 2018-07-29
img

अबिरल बर्षपछि गएकाे पहिराेले  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । 

पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा पहिरो खसेपछि बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको हाे।

बर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र पहिरो हटाउने क्रममा समेत समस्या उत्तपन्न भएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार पहिरो हटउने प्रयास जारी राखिएको छ । कति समयपछि सडक खुल्छ भन्ने बारेमा एकीन भन्न नसकिने प्रहरीको भनाइ छ ।

सडक अवरुद्ध हुँदा पाल्पा हुँदै बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानमा जाने सवारी साधन बीचमै रोकिएका छन् । 

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा पटक पटक पहिरो खस्ने समस्याका कारण यात्रुले सास्ती खेप्दै आएका छन् । 

सम्बन्धित समाचार

Advertisement