१६० को निःशुल्क मधुमेह परीक्षण

अनलाइन दर्पण 2018-07-28
img

भक्तपुर, १२ साउन। भक्तपुरमा शनिबार निःशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ भक्तपुरकाे आयोजना तथा डा. इवामुरा मेमाेरियल अस्पताल सल्लाघारी भक्तपुरकाे प्राविधिक सहयाेगमा मध्यपुर थिमिकाे राधेराधेस्थित भाटभटेनी सुपरमार्केटमा बिहान ८ बजे देखि १० आयोजना गरिएको सो शिबिरमा १६० सय जनाले मधुमेह परीक्षण गराएका थिए ।

मधुमेह परीक्षण गराएकाहरु मध्ये अाधा भन्दा बढिमा मधुमेहको लक्षण देखिएको आयोजकले जनाएको छ ।

नेपालमा मधुमेहका बिरामीको संख्या दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा सर्वसाधारणलाई जनचेतना फैलाउने उद्देश्यले अायाेजना गरिएको परीक्षण शिविरमा इवामुरा अस्पतालका मेडिकल अफिसर डा. दिपेश यादव सहित अस्पतालका ल्याब टेक्निसियनले उपस्थित सर्वसाधारण मधुमेह परीक्षण गरेका थिए । ।

सम्बन्धित समाचार

Advertisement