लाभको पद लिने नेकपाका सदस्यको सम्पत्ति छानबिन हुने

अनलाइन दर्पण 2018-07-26
img

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कमिटी पदाधिकारी, सदस्य तथा पार्टीका तर्फबाट जनप्रतिनिधिमूलक संस्था एवं लाभको पदमा रहेर काम गर्ने सदस्यको सम्पत्ति छानबिन गर्नेे भएको छ ।

नेकपाले हालै पारित गरेको पार्टी विधानमा लाभको पद लिने सदस्यको नियुक्ति हुँदा, बहाल रहँदा र अवकाश पाउँदाको सम्पत्ति विवरण लिने र आवश्यकताअनुसार छानबिन, अद्यावधिक र सार्वजनिक गर्ने  छ ।

नेकपाले लिएको समृद्धि र सुशासनको लक्ष्य प्राप्त गर्न, भ्रष्टाचार नियन्त्रण गर्न विधानमै यसतो व्यवस्था गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । नागरिक दैनिकका खबर छ ।

सम्बन्धित समाचार