अब भत्किएका बाटा काठमाडौंमा देखिँदैन् : प्रम ओली

अनलाइन दर्पण 2018-07-12
img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंलाई स्वच्छ र सफा सहर बनाउने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौं अहिलेको अवस्थामा नरहने स्पष्ट पारे। ‘देशको राजधानी काठमाडौंलाई स्वच्छ, सफा बनाउँछौं’, उनले आफ्नो योजना सुनाए, ‘यो ठाउँ यस्तै रहँदैन्। भत्किएका बाटा काठमाडौंमा देखिँदैन्।’

उनले अहिले केही मानिसहरु खाल्डाखुल्डी भनेर कराइरहेको भन्दै कराउनेहरुले नै यो सिर्जना गरेको आरोप लगाए। ‘यस्तो अवस्था हामीले निम्त्याएको होइन। हो खाल्डा पुर्न सकिएन, अहिले कराउनेहरुले नै सिर्जना गरेका हुन्। तर हामी समाधान गर्छाैं’, ओलीले भने। सरकारले अर्काे बर्खा डुब्न नपाउने गरी सडक निर्माण गरिसक्ने उनको भनाई थियो।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ साझा सकल्प भएको र त्यहीअनुसार अगाडि बढिरहेको जानकारी गराए। ‘यो संकल्पका लागि सुशासन र विकास आवश्यक छ। विकास नगरी समृद्धि छैन्, सुशासन नभई विकास हुन्न्’, उनले भने, ‘सुशासन र विकासयुक्त समृद्धि हाम्रो मिसन हो।’ देशमा कम्तीमा ५ वर्ष स्थायी सरकार रहेको र यसले सुशासनको थिती बसाल्ने उनको भनाई थियो।

जिडिपी र पर क्यापिटा इन्कमको भरमा नभई समग्र विकासको हिसाबमा आफूहरुले समृद्धिको अभियान थालेको र यसमा सबैको साथ आवश्यक रहेको उनले बताए। ‘संविधान, कानून बनाएर भेदभावको अन्त्य गर्यौं। तर असमानताको अन्त्य सजिलो छैन्। यो चुनौतीपूर्ण छ’, उनले चिन्ता व्यक्त गरे, ‘दौडेर जानेलाई पुरस्कार मात्र होइन सबैभन्दा पछाडी परेकोलाई पनि समेट्ने हाम्रो योजना हो। यसरी मात्रै वास्तविक समृद्धि आउँछ।’ अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ 

सम्बन्धित समाचार