काठमाडाैं, २४ जेठ । एमाले र माओवादी मिलेर बनेको नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ।
आज निर्वाचन आयोगमा सो पार्टीका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, देव गुरुङ लगाय प्रमाणपत्र बुझ्न गएका थिए। गत जेठ ३ गते दुई पार्टीबीच एकता भएको थियो। सोही दिन नै नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) नामको पार्टी दर्ताका लागि निवेदन दिइएको थियो।
तर निर्वाचन आयोगले सो नाम प्रयोग गर्न नमिल्ने बताएपछि नयाँ नाम जुराइएको थियो। आयोगले बुधबार पार्टी दर्ता गर्ने निर्णय गरेको थियो।