प्रधानमन्त्रीको दुखेसो : घर र गल्ली सुनकै बनाउँछु भनेको छैन, पानीजहाजको कुरा गर्दा बाल्टीमा कागज हाले !

अनलाइन दर्पण 2018-05-27
img

प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाज चलाउने सपना राति देखेको सपना नभएको बताएका छन् । उनले यी सपना दिउँसै देखेकाले देशमा रेल र पानीजहाज चलाएरै छाड्ने बताए । 

पानी जहाजको कुरा गर्दा बाल्टीमा कतिले कागज हालेको स्मरण गर्दै ओलीले पानी जहाज नयाँ र नौलो कुरा नभएको दावी गरे । 

उनले नयाँ कुरा बुझ्नलाई समय लाग्ने बताए । पानी जहाज मजाक गर्ने कुरो नभएको भन्दै यसलाई उडाइएकोमा ओलीले गुनासो समेत गरे । नेपाल भन्दा दुर्गम देशले सयौं पानीजहाज चलाएको उदाहरण दिँदै उनले यो विषयलाई नउडाउन आग्रह गरे । 

उनले पूर्व पश्चिम र उत्तरदक्षिण रेल नेपालमा कुदेरै छोड्ने भन्दै त्यसका लागि सम्झौता भएको बताए । 

उनले ५ बर्षभित्र काठमाडौ–रक्सौल रेलका लागि सम्झौता भएर सर्भे भइरहेको पनि बताए । तीन बर्षभित्र काठमाडौमा मेट्रो चलेरै छोड्ने उनले बताए । 

लोडसेडिङका लागि विद्युत उत्पादनमा समेत नीति तथा कार्यक्रममा योजनामा राखिएको उनले बताए । विद्युत, उत्पादन हाइड्रो र बैकल्पिक उर्जालाई प्रयोग गरेर अघि बढ्ने नीति लिएको ओलीले बताए । 
समाज विविधतायुक्त भएको भन्दै प्रम ओलीले भौगोलिक कारणले जटिलता भएपनि समस्याको समाधान गर्ने बताए । उनले तराइमा नागरिकता लगायतका समस्या रहेको भन्दै त्यो समस्या समाधान गर्ने बताए ।


सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानीजहाजको विषयलाई मजाकमा नउडाउन आग्रह गरे । नले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’ 

उनले नीति तथा कार्यक्रमको प्रतिपक्षी दलले निकै आलोचना गरेकोमा आपत्ति जनाए । सरकारले सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने असम्भव सपना नदेखाएको प्रष्ट पारे । 

ओलीले भने, ‘रामायणमा भनिएको छ– घर पनि सुनैका छन्, गल्लि पनि सुनैका । यो सरकारले अर्को वर्ष सुनका घर र सुनकै गल्लि बनाउछौं भनेर भनेको छैन ।सम्भव हुने र सम्भव बनाउनुपर्ने सम्बृद्धिका सपना बोकेको छ । सम्बृद्ध नेपाल र सुखी नेपाल्किो उद्देश्यमा केन्द्रित छ । यो हाम्रो राष्ट्रिय आकांक्षा हो ।’

उनले गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउने, दुःखी नेपालीलाई सुखी बनाउने कुरा गर्दा आरोप खेप्नुपरेको गुनासो गरे । ओलीले थपे, ‘नेपाल अहिले तेस्रो विश्वमा छ । तेस्रोबाट पहिलो विश्वमा पुर्‍याउछु भन्न पाइदैन ? के नेपाल पहिलो विश्वमा पुग्नै नसक्ने गरि अभिशप्त हो ? कति वर्ष लाग्छ, थाल्नु त पर्‍यो नि ।’
 

सम्बन्धित समाचार